१३ कार्तिक २०८३, शुक्रबार

सुन गायब पारेको आरोपमा हत्या

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ फागुन । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यलाई सहकर्मीबाटै साढे ३३ केजी सुन गायब पारेको आरोप लाग्यो ।

नलाई सहकर्मीले नै अपहरण गरे । अज्ञात स्थलमा बन्धक बनाए । आँखामा पट्टी बाँधियो । कुटपिट गरियो । शरीर पानीमा चोबियो अनि करेन्ट लगाइयो । चार दिनसम्मको निरन्तर यातनाबाट अन्ततः उनको मृत्यु भयो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हत्यामा काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्ले संलग्न थिए ।

तीनैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई सनमको हत्या गर्न लगाउने मोरङ उर्लाबारीका चूडामणि उप्रेती थिए ।