५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मकावनपुरको भिमफेदीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । एनआईसी एशिया बैंकले नयाँ शाखा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा विस्तार गरेको छ । भिमफेदी शाखाको शुक्रबार एक समारोहका बिच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाबाट विधिवत् उद्घाटन भएको बैंकले जनाएको छ ।

भिमफेदी शाखाको उद्घाटनसँगै मुलुकभर १८१ शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।

साथै बैंकले निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु रहेको बैंकले बताएको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।