
जाजरकोट, २५ फागुन । जाजरकोटको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको भारतमा ट्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्याक्टरमा ढुंगा राखी ट्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो । विक दुई महिना अघि मात्र कामको खोजीमा भारत गएका थिए ।
उनका श्रीमतीसहित एक छोरा र एक छोरीका साथै ६५ वर्ष नाघेका बाबा, आमासमेत रहेका छन् । –रासस












प्रतिक्रिया