२२ कार्तिक २०८३, आइतबार

पशुपतिनाथ मन्दिर परिषरमा जय गुरु देवको पहिलो सत्संग हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । काठमाडौंस्थित पशुपतिनाथको बनकालीमा परम्–पुज्य सन्त बाबा जय गुरुदेवको सत्संग र नामदान कार्यक्रम हुने भएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको हंसमंडपमा फागुन २६ गते अपरान्ह ४ बजेदेखि सत्संग कार्यक्रम हुने बाबा जय गुरुदेव धर्म विकास संस्थाका राष्ट्रिय संरक्षक नन्दकुमार चौधरीले जानकारी दिए ।

सत्संगका लागि परम पुज्य बाबा जय गुरु देव महाराज भारतको मध्य प्रदेशको पिंग्लेश्वर स्टेशन मक्सी रोज उज्जैनबाट काठमाडौंमा आउने कार्यक्रम रहेको छ । जय गुरुदेव फागुन २६ गते दुई बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम रहेको चौधरीले बताए ।

फागुन २६ गतेदेखि सुरु हुने कार्यक्रम फागुन २८ गतेसम्म चल्नेछ । सत्संगमा सहभागी हुने हज्जारौँ सर्वसाधारण अनुयायीहरूलाई खाना र बासको समेत व्यवस्था गरिएको छ ।

सत्संगमा सहभागी हुन विभिन्न जिल्लाहरूबाट उल्लेख्य सर्वसाधारण शुभेच्छुकहरू बनकालीमा आइसकेको चौधरीले बताए ।

बाबा जय गुरु देव संगठन नेपालका राष्ट्रिय अध्यक्ष कन्हैया लाल गुप्ताले जय गुरुदेवको सत्संगन सुन्ने, दर्शन र आफ्ना कुरा भन्नाले बिरामी तथा विभिन्न समस्याहरूबाट आराम मिल्ने दाबी गरे । बाबा जय गुरु देवको प्रसंशा गर्दै गुप्ताले भने, ‘जसले सत्संग सुन्छ, दर्शन दिन्छ वा लिन्छ, सुमिरन ध्यान भजन गर्छ त्था कार्यक्रमलाई सम्पन्न गर्नमा सहयोग गर्छ उसले श्रद्धा भाव भक्तिअनुसार सोँचेभन्दा बढी लाभ उठाँछ ।’

बनकालीस्थित हंसमंडपमा बिहान र बेलुका दुई चरणमा सत्संग कार्यक्रम हुनेछ । सत्संगका लागि स्वयं सेवक परिचालन गरिनेछ ।