१३ कार्तिक २०८३, शुक्रबार

स्थानीय तहले पठाएनन् आम्दानी र खर्चको विवरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राप्ती गाउँपालिकाको कार्यालय, देउखुरी, दाङ

काठमाडौं, २५ फागुन । अर्थ मन्त्रालयअन्तर्गतको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाले प्रदेश र स्थानीय तहसँग आम्दानी र खर्चको विवरण मागेको छ । माघ १० मा सात दिनको समय राखेर विवरण मागिए पनि अहिलेसम्म आधाभन्दा बढी स्थानीय तहले पठाएका छैनन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

महाशाखाले आम्दानी/खर्चको अनुमानित विवरण समयमा नआएकाले आगामी आवको बजेट निर्माणमा ढिलाइ हुने जनाएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहले आगामी आवका लागि आम्दानी र खर्चको प्रक्षेपण अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ । प्रदेश र स्थानीय तहले आफ्नो स्रोतबाट संकलन गर्नसक्ने राजस्वको अनुमानसमेत पठाउनुपर्छ ।

यसबाहेक राजस्व बाँडफाँट र अनुदानबाट प्राप्त हुने सम्भावित रकमको विवरणसमेत पठाउनुपर्ने कानुनी व्यवस्था छ । आगामी आवको बजेट बनाउने क्रममा प्रदेश र स्थानीय सरकारले दिएको विवरणका आधारमा केन्द्रले दिने अनुदान टुंगो लगाउँछ । वित्तीय हस्तान्तरणअन्तर्गत दिइने अनुदान खर्च भने संघले माग्ने कानुनी आधार अहिलेसम्म बनेको छैन ।

वित्त आयोगका निमित्त सचिव वैकुण्ठ अर्यालले अहिलेसम्म दुई सयभन्दा धेरै तहबाट यस्तो विवरण आएको बताए । अहिले देशभर ७ सय ६६ स्थानीय तह र सात प्रदेश छन् । चालु आवदेखि वित्तीय हस्तान्तरणअन्तर्गत अनुदान पाइरहेका स्थानीय तहले उठाउने राजस्वका आधारमा आगामी आवमा संघीय सरकारले अनुदान दिनेछ ।