२२ कार्तिक २०८३, आइतबार

नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहीबार चिनियाँ राजदूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै नेपालका लागि चिनियाँ राजदूत यू होङ । तस्वीर: नवीन पौडेल/रासस

काठमाडौँ, २४ फागुन । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले बिहीबार विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालविवाह, दाइजो, छाउपडीजस्ता कुरीति हटाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यू होङले नेपाल चीनबीच लामो सम्बन्ध रहेको र आगामी दिनमा नेपाल र चीनका महिलाबीच पनि सम्बन्ध स्थापना गर्न प्रयास गरिने बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, एकीकृत (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, महिला नेत्री, सांसद र सञ्चारकर्मीको सहभागिता थियो । –रासस