२२ कार्तिक २०८३, आइतबार

आफ्नै खुट्टामा उभिने समाजलाई कसैले पराजित गर्न सक्दैनः अनिता यादव

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सामाजिक अभियन्ता एवम् पूर्वराष्ट्रपति डा.रामवरण यादवकी छोरी अनिता यादवले आफ्नो खुट्टामा उभिन सक्ने समाजलाई कसैले पनि पराजित गर्न नसक्ने टिप्णी गरेकी छिन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत यादवले महिलाहरूलाई आत्मर्निभर बन्ने उपाय खोज्न सुझाव दिएका हुन् । ‘जुन समाज आफ्नो खुट्टामा उभिन सक्छ त्यो समाजलाई कसैले पनि पराजित गर्न सक्दैन’, उनले भनेकी छिन्, ‘जुन समाज अरूमा निर्भर गर्छ त्यो समाज आफैंमा बोझ बन्छ ।’

उनले भनेकी छिन्, ‘हरेक घर, हरेक समाज, हरेक मुटु, हरेक भाव, हरेक खुसियालीका क्षणहरू महिलाबिना अधुरो छ । जहिलेसम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा सांचो विकास हुँदैन ।’

महिला सशक्तिकरणविना समाज र राष्ट्रको समुन्नति सम्भव नरहेको सामाजिक अधिकारकर्मी यादवले बताएकी छिन् । ‘देशको दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका साथै महिला सशक्तिकरण पनि अत्यावश्यक छ’, उनको भनाइ छ ।

‘समाजलाई छिटोभन्दा छिटो परिवर्तन गर्ने चाहनुहुन्छ भने समाजको हरेक क्षेत्रमा महिलालाई परिचालन गर्नुहोस’, उनले भनेकी छिन् ।