२२ कार्तिक २०८३, आइतबार

लडेर पाएको अधिकार कार्यान्वयन गर्नुपर्छः मन्त्री थापा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नेपालको संविधान २०७२ ले महिलाका मुद्धाहरू प्रशस्त मात्रमा समेटेको भएता पनि पूर्ण कार्यान्वयनमा समस्या रहेको बताएकी छिन ।

चेतनशील महिला बचत तथा क्रण सहकारी संस्थाले १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राजधानीमा आयोजना गरेको नेपालको संबिधान र कानुनमा महिला अधिकार कार्यक्रममा बोल्दै मन्त्री थापाले सबिधानमा महिलाका मुद्धाहरु धेरैभन्दा धेरै समेटिएको भएता पनि कार्यान्वयन गर्न बिभिन्न अड्चनहरु रहेको बताएकी हुन् ।

मन्त्री थापाले जति पनि अधिकार संबिधानमा उल्लेख भएका छन त्यो सजिलै उपलब्धनभएर लामो सघंर्ष र बलिदानीको उपज भएको भन्दै लामो समय सडक र सदनमा लडेर ल्याएको अधिकारलाई सस्थागत गर्नुपर्नेमा जोड दिएकी छन ।