१३ कार्तिक २०८३, शुक्रबार

नेपालीले अन्तर्घात जानेकै छ, मैले जित्न सक्छु : राई

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कुमारी लक्ष्मी राई, उम्मेदवार, राष्ट्रपति पदको उम्मेदवार

सहिद दिवानसिंह राईकी छोरी हुँ, राजनीतिमा जीवन समर्पण गरेकी छु, जित्छु भन्ने लाग्छ, नेपालीले अन्तर्घात गर्न जानेकै छन् । उहाँलाई अन्तर्घात गरेर मलाई जिताए भने के हुन्छ ? हार्छु भनेर उम्मेदवारी दिएकी होइन, जित्छु । सभापतिका तर्फबाट केन्द्रीय सदस्य सीता गुरुङले मलाई उम्मेदवार बनाउने विषयमा छलफल भएको भन्दै विचार के छ भनेर सोध्नुभयो । लड्न तयार छु भनेपछि सभापतिले कुरा गर्नुभयो । पार्टीले मलाई उम्मेदवार बनाएर सहिद परिवारको सम्मान गरेको छ । नयाँ पत्रिका दैनिकबाट साभार