१३ कार्तिक २०८३, शुक्रबार

गृह मन्त्री-आईजीपीको तिक्तताले बढुवा रोकियो, एउटै तहमा बस्नुपर्ने अवस्था

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीभित्रको समस्या बुझ्न नसक्दा प्रहरीको बढुवामा अन्यौल बढ्न थालेको छ ।

केही समय अघि प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीलाई अहिलेसम्म प्रहरीभित्रको अवस्थाको बारेमा कुनै पनि रिपोटिङ गरेका छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अबकाशको मुखमा रहेका आईजीपी प्रकाश अर्याल र गृहमन्त्रीबीचको तित्तताका कारण डिआईजी देखि इन्सपेक्टर सम्मको बढुवा प्रक्रिया नै लम्बिएको छ । जसका कारण भविश्यमा बढुवा हुँदा जुनियर र सिनियर अधिकृतहरु एउटै तहमा बस्नु पर्ने अवस्था देखिएको छ ।

हाल प्रहरीमा डिआईजीका १२ दरबन्दी खाली छन् । चैत २९ पछि १५ जना एआईजीहरु आईजीपीसँगै ३० वर्षे अवधिका कारण घर जाँदैछन् । एकातिर प्रहरीको संघीय संरचना कसरी बनाउने भन्ने बारेमा कुनै गृहकार्य नै भएको छैन भने अर्कोतर्फ प्रदेश प्रमुखमा एआईजी कि डिआईजी लाई पठाउने भन्ने निर्णय अझै हुन सकेको छैन ।

यदि एआईजीलाई प्रदेश प्रमुख बनाएर पठाइएको खण्डमा एआईजीको संख्या घट्ने अवस्था देखिंदैन । गृहमन्त्रालयले बनाएको प्रदेशको संरचनामा डिआईजीलाई प्रमुख बनाउने बताइए पनि त्यसको लागू होला वा नहोला ? अझै गृहमन्त्रीले निर्णय गर्न सकेका छैनन् ।

फागुन २९ गते आईजीपी र एआईजीहरु विदामा बसे भने डिआईजीको पदसंख्या अझै बढ्नेछ । डिआईजी सर्वेन्द्र खनालको व्याजबाट सिधै आईजीपी बन्ने भएपछि रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, धिरु बस्नेतलगायतका डिआईजीहरु एआईजीमा बढुवा हुनेछन् ।

त्यसपछि डिआईजीको पद संख्या हाल रिक्त रहेको १२ बाट बढेर २७ सम्म पुग्ने अवस्था देखिन्छ । जसका कारण सिनियर एसएसपी केदार रिजालको समूह र एसएसपीहरु विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदीहरु एकैपटक डिआईजीमा बढुवा हुने अवस्था आउने छ । यसले गर्दा पनि नेपाल प्रहरीमा भद्रगोल हुने देखिन्छ ।

आईजीपी अर्यालको असक्षम नेतृत्वका कारण शेरबहादुर देउवाको पालामै डिआईजीमा बढुवा हुनु पर्ने केदार रिजालको समूह अहिलेसम्म पनि एसएसपीमै कार्यरत छ । एसएसपी कृष्ण गौतमले पनि बढुवा हुन नपाउँदा मंगलबारदेखि अवकाश पाएका छन् । अघिल्लो बढुवामा उनी बढुवा हुनबाट बञ्चित भएका थिए ।

गृहमन्त्री बादलले हेडक्वार्टको निरीक्षणको क्रममा आफू बहुमतप्राप्त सरकारको गृहमन्त्री भएको र त्यहि अनुसार बुझ्न भन्दै आईजीपी अर्याललाई घुमाउरो पाराले चेतावनी दिएका थिए । तर, बादलले गृहमन्त्री बनेपछि कुनै ठोस कार्य योजना अगाडि सार्न सकेका छैनन् ।

नेपाल प्रहरीमा ठूलो मात्रामा पदहरु रिक्त रहँदा समेत गृहमन्त्री बादलले प्रहरी अधिकारीहरुको मर्का बुभ्mन सकेका छैनन् । गृह स्रोतका अनुसार उनलाई अहिलेसम्म आईजीपी अर्यालले प्रहरीको समस्याको बारेमा कुनै पनि रिपोटिङ गरेका छैनन् ।

प्रहरीमा हाल १२ डिआईजी, १७ एसएसपी, २३ एसपी, ४७ डिएसपी र झण्डै एक सय इन्सपेक्टरको पद रिक्त छन् । बर्षौं देखि रोकिएको सईहरुको बढुवा पनि हुन सकिरहेको छैन ।