२२ कार्तिक २०८३, आइतबार

प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ फागुन । प्रदेश नं ७ को मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आउनुभएको छ ।

नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहनुभएका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

बैठकले चार सदस्यीय प्रदेश कानून मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । –रासस