१३ कार्तिक २०८३, शुक्रबार

महिला बलात्कारको आरोपमा गायक श्रेष्ठ पक्राउ

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बुटवल, २३ फागुन । रुपन्देही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक गायकलाई पक्राउ गरेको छ । काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् ।

सांस्कृतिक कार्यक्रमका लागि फागुन ३ गते टोलीसहित आएका उनीमाथि आफ्नै समूहकी साथीलाई बलात्कार प्रयास गरेको आरोप छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनले कार्यक्रम सकेर होटलमा बसेका बेला बिहान ४ बजे महिला साथीलाई करणी प्रयास गरेका थिए । महिला प्रतिकार गरेर भागेकी थिइन् । काठमाडौंकै ती महिलाले तत्काल श्रेष्ठविरुद्ध उजुरी दिएकी हुन् ।

उता, रुपन्देहीकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका ३ की १२ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो ।

दिउँसो घाँस काट्न खेतमा गएकी बालिका राति आफैंले ओडेको चुन्नी घाँटीमा बेरिएको अवस्थामा भेटिएकी थिइन् । बलात्कार तथा हत्याको आरोपमा रुपन्देही प्रहरीले उक्त गाउँकै एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई ३ का २१ वर्षीय सन्दीपकुमार धोबी छन् । प्रहरी अनुसन्धानमा खटेका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनले माघ २२ मा बालिका बलात्कारपछि पोल खुल्ने डरमा उनकै चुन्नीले घाँटी कसी हत्या गरेका थिए ।

प्रहरीले माघ २९ मा मात्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले हत्या र जबरजस्ती करणी अन्तर्गत मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा रायसहित मिशिल पेश गरेको छ ।