२२ कार्तिक २०८३, आइतबार

गौशालामा एक वृद्धको शव फेला

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

महोत्तरी, फागुन २२ । गौशालामा एक वृद्धको शव कुहिएको अवस्थामा मंगलबार फेला परेको छ । गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो ।

उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । –रासस