
काठमाडौँ, २२ फागुन । सुखावती मल्टी प्रोडक्ट र खोट्टाबजी समूहले कलाकार मानकृष्ण कपाली ‘बाबा’लाई रु एक लाख २२ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मुटु रोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो । ‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको ‘खोेट्टाबजी’ टेलिसिरियलमा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आउनुभएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ ।
सुखावती प्रोडक्टका निर्देशक विनोद तुलाधरले कलाकारिताको माध्यमबाट नेवारी भाषा साहित्यको विकासमा योगदान गर्नुभएका कपालीको स्वास्थ्यमा समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण आफ्नो संस्थाले विभिन्न कलाकारसँग समन्वय गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिए । –रासस












प्रतिक्रिया