१३ कार्तिक २०८३, शुक्रबार

संसदीय दलमा पौडेल समूहको पत्तासाफ, सिटौला समूह विभाजित

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीको संसदीय दलको निर्वाचनमा पत्तासाफ भएको छ ।

दलको कार्यालय सिंहदरबारमा सोमबार भएको निर्वाचनमा पौडेल समूहबाट दलको नेतामा उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई दोब्बरभन्दा बढी मत ल्याएर पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । प्रतिनिधिसभामा ६३ सदस्यमध्ये पौडेल समूहका उम्मेदवार सिंहले १९ मत मात्र ल्याएका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

दुई तिहाई वढी मत ल्याएर संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि पौडेल समूहमा सोमबार रुवावासी चलेको छ भने एउटा नेताले अर्कोलाई दोष लगाउने क्रम जारी छ ।

पौडेल समूहमा रहेका भनिएका उदयपुरबाट निर्वाचित सांसद डा. नारायण खड्काले सिंहलाई भोट नहालेको चर्चा कांग्रेस बृत्तमा चलेको छ । १० बर्षअघि देउवालाई छोडेर तत्कालिन संस्थापन पक्षमा आएका खड्काले सिंहलाई मत दिएनन्। सिंहलाई महामन्त्री डा. शशांक कोइरालाले समेत मत दिएनन् तर संसदीय दलको कार्यालय परिसरमा पौडेल समूहका नेता डा. मिनेन्द्रप्रसाद रिजालले भोट नदिएको भन्दै हल्ला फिजाइएको थियो ।

पार्टीभित्र र वाहिर संस्थापन पक्षसँग सँधै ४० प्रतिशत भाग खोज्दै आएका पौडेललाई संसदीय दलको यो चुनावले गम्भिर असर पर्ने अड्कलवाजी गरिएको छ । पौडेलको समूहलाई असयोग गर्न महामन्त्री डा.शशांक कोइरालाले भूमिका खेलेको भन्दै पौडेल समूहमा असन्तुष्टी चुलिएको छ । कोइरालालाई पार्टीको उत्तराधिकारीको रुपमा देउवाले अघि सार्दैछन कि भन्ने आशंकालाई समेत यो निर्वाचनले प्रमाणीत गरेको छ ।

महामन्त्री कोइरालाले आफूलाई सर्वसम्मत दलको नेतामा प्रस्ताव गरिए मात्र स्वीकार गर्ने नत्र सभापति देउवासँग प्रतिष्पर्धा गरेर दलको नेता नबन्ने घोषणा नै गरेका थिए । कुनै पनि गुटमा नलागी तठस्थ बसेका भनिएको रसुवाका सांसद मोहन आचार्य, दोलखाका दिव्यमणी राजभण्डारी र सत्यनारायण शर्माले समेत देउवालाई भोट हालेका थिए ।

नेपाली कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेको भनिएका पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह कांग्रेस संसदीय दलको निर्वाचनमा विभाजित भएको छ । प्रतिनिधिसभामा सिटौला समूहका तीन जना निर्वाचित भएका छन् । ति मध्ये भिमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट हालेका थिए पनि यूवा नेता गगनकुमार थापाले सिंहको पक्षमा मतदान गरेका थिए । यूवा नेता गगनको भूमिका सिंहको पक्षमा देखिएपछि सिटौला गुटमा पनि समिक्षा हुन थालेको छ ।

खड्का गुटका सांसदहरु पूष्षा गौतम भूषाल र देवेन्द्रराज कँडेललले तथा विजयकुमार गच्छेदारले पनि देउवालाई नै मतदान गरेका छन् । पौडेल समूहका नेता तथा महामन्त्री डा. शशांक कोइराला सिंहको उम्मेदवारीप्रति सन्तुष्ट छैनन् ।

देउवालाई भोट हाल्ने सांसदहरु

बहादुरसिंह लामा
उमेश श्रेष्ठ
जीपछिरिङ लामा
महेन्द्रकुमारी लिम्वु
बालकृष्ण खाँड
किशोरसिंह राठौर
डा. डिला संग्रौला
उमा रेग्मी
पद्मनारायण चौधरी
पार्वती डीसी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
सरवत आरा खानम
सुजता परियार
लक्ष्मी परियार
विनोद चौधरी
चित्रलेखा यादव
मिनाक्षी झा
नागेन्द्रकुमार राय
अतहर कमाल मुसलमान
मीना सुब्बा
सूर्यबहादुर केसी
रंगमती शाही
विमला नेपाली
स्मृतिनारायण चौधरी
रामबहादुर विष्ट
ज्ञानेन्दबहादुर कार्की
सीताराम मेहता
प्रदीप गिरी
प्रमोद यादव
भरतकुमार साह
शेरबहादुर देउवा
अभिषेकप्रताप साह
अमरेसकुमार सिंह
मोहन आचार्य
दिव्यमणी राजभण्डारी
सत्यनारायण शर्मा
डा. नारायण खड्का
डा. शशांक कोइराला
पुष्पा गौतम भूषाल
देवेन्द्रराज कँडेल
भीमसेनदास प्रधान
उमाकान्त चौधरी
विजयकुमार गच्छदार

प्रकाशमान सिंहलाई मत हाल्ने सांसदहरु

प्रकाशमान सिंह
कर्मा घले
दिलेन्द्रप्रसाद बढु
प्रमिला राई
सुजाता कोइराला
मीना पाण्डे
सीतादेवी यादब
हिरा गुरुङ
नमिताकुमारी चौधरी
प्रकाश स्नेही रसाईली
लालकाजी गुरुङ
डा. मिनेन्द्र रिजाल
तेजुलाल चौधरी
राजन केसी
सञ्जय गौतम
देवी तिमिल्सिना
मोहम्मद अफताव आलम
गगन थापा