काठमाडौँ, २० फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेका छ । आइतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाका उद्घाटन गरेका हुन् ।
समुदघाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाका बारेमा जानकारी गराए । सो शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
उक्त शाखाका समुद्घाटनसंगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।















प्रतिक्रिया