
–बेलिना थापा
लमजुङ, २० फागुन । लमजुङको बेँसीशहर नगरपालिका ८ सेरा दनाईफाँट बसपार्क नजिकै २ तले घरको छतबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
लुगा सुकाउन गएको आमासँगै छतमा गएकी ४ वर्षीया सुप्रिया विकको छतबाट खसेर मृत्यु भएको हो । क्व्होलासोगर गाउँपालिका ३, घलेगाउँ स्थायी घर भएको विक परिवार एक बर्षयता बेँसीशहरमा बस्दै आएका थिए । सुप्रियाका बुवा सुवास विकका अनुसार आफु काममा गएको बेला आमासँगै छतमा गएकी छोरी छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते बालिकालाई दिउँसो साँढे १ बजेतिर लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको थियो ।
बालिकाको उपचार हुन नसके पछि पोखरा लाने क्रममा बेंसीशहरबाट ५ किलोमिटर पर गैरीमा पुगेपछि बालिकाको निधन भएको हो । प्रहरी नायब उपरिक्षक पदमबहादुर विष्टका अनुसार बालिकाको शव पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।












प्रतिक्रिया