२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा

लमजुङ, २० फागुन । आफैले चलाएको ट्रयाक्टर दुर्घटनामा परेर लमजुङमा एक युवकको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका ६, पुरानोडिही बरेटारमा ट्रयाक्टर दुर्घटना हुँदा सुन्दरबजार नगरपालिका ७, सातबिसेका २१ बर्षीय रबिन बीसीको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले बताए अनुसार बरेटारबाट नारायणस्थानतर्फ जाँदै गरेको ना ५ त ६७२७ नम्बरको ट्याक्टर आइतबार बिहान अनियन्त्रित भई करिब ६ मिटर तल खस्दा चालक बीसी गम्भीर घाइते भएका थिए । सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचारको क्रममा गम्भीर घाइते बीसीको मृत्यु भएको ट्राफिक प्रहरी लमजुङले जनाएको छ ।