
काठमाडौं, २० फागुन । जगतगूरु पीठ नेपालले गौ रक्षाको लागि सबैलाई सम्वेदनशिल बन्न आग्रह गरेका छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार जगदगूरु नेपाल संचार केन्द्रले पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो ।
नेपालका एकमात्र आधिकारिक ऐतिहासिक जगदगूरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपूरका विभिन्न जंगलहरुमा राष्ट्रिय जनावर गाईको निर्ममतापूर्वक हत्या गरिएको भन्दै गौ रक्षार्थ संम्वेदनशिल बन्न आग्रह गरे ।
उनले भने, ‘म महाकालिको यात्रामा थिए, कैलाली र कञ्चनपुरका जंगलहरुमा गाईहरुको लागि बन्दी गृह बनाईएको छ, जहाँ पुशलाई खानेकुरा छैन्, सुख्खा स्थानमा बन्दीगृह बनाएर राखिएको छ, दुधदिदासम्म दुहेर खाने दुध दिन छोडेको खण्डमा सडकमा लिएर छोड्ने गरेको पाईयो, नेपालीहरु पछिल्लो समयमा यति कठोर कसरी बन्न सकेका होलान् ?’
उनले भने,‘सुदुरपश्चिमका विभिन्न सडक र जंगलमा राखिएका गाईहरुको उचित चरन र जंगलमा छोड्नको लागि व्यवस्था नमिलाएसम्म म अन्न खाँदिन, शुल्काफाँटा आरक्षणमा ती गाईहरुको व्यवस्था मिलाउनुपर्छ, राष्ट्रिय जनावरको यो हालत देख्दा देख्दै मैले अन्न खानु जायज लागेन, गाई आमा हुन, हामीले पुज्ने जनावर हो गाई, जुन गाईमाथिको कुरतापूर्ण हत्यालाई रोक्नुपर्छ, कालो कंलक हटाउनमा पत्रकारहरुले लेख्न र बोल्न सकिन्छ ।’












प्रतिक्रिया