काठमाडौं, २० फागुन । प्रहरीले काठमाडौँबाट ११ जना जुवाडेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित मध्यनेपाल यातायात समितिको पेरिली टिकट काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ माछापोखरी बस्ने झापाका ३५ वर्षीय लिला खतिवडासहित ११ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ११ बुक तास र नगद ५१ हजार ४५ रुपैयाँ बरामत गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया