३१ आश्विन २०८३, शनिबार

ब्लडमनी तिर्न नसक्दा टोपबहादुर झन् समस्यामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । थाइल्यान्डका एक नागरिकको मृत्युमा संलग्न रहेको आरोप लागेका टोपबहादुर विक ब्लडमनी तिर्न नसक्दा उनको नेपाल फर्काइ अनिश्चित बन्दै गएको छ ।

विकलाई युएईको अदालतले हत्या अभियोगमा एक लाख दिराम (२८ लाख नेरु) तिर्नुपर्ने फैसला गरेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकलाई सहयोग गर्न नसकिने भन्दै युएईस्थित नेपाली दूतावासलाई पत्राचार गरेपछि पैसा अभावमा विकको नेपाल फिर्ती अनिश्चित बनेको हो ।

विक युएईको अल एनमा रहेको लिमा कन्ट्र्याक्टिङ एलएलसीमा कार्यरत थिए । करिब चार वर्षअघि (२ जुन २०१४) मा काम गर्ने सिलसिलामा क्रेन दुर्घटना भएको हुँदा लडेर दुईजना थाई नागरिकको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको भन्दै क्रेन अप्रेटर पाकिस्तानी नागरिक र हेल्परका रूपमा रहेका टोपबहादुरले चार महिना २२ दिन जेलजीवन बिताइसकेका छन् ।

युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनीस्वरूप चार लाख युएई दिराम दिनुपर्ने फैसला गरेको थियो ।

जसमध्ये दुई लाख दिराम उनले काम गरेको लिमा कम्पनीले, क्रेन अप्रेटर (पाकिस्तानी नागरिक) र विकले एक–एक लाख (करिब २८ लाख नेपाली रुपैयाँ) दिनुपर्ने फैसला गरेको थियो । सो ब्लडमनी तिर्न नसक्दा विक घर फर्कन पाएका छैनन् ।