५ कार्तिक २०८३, बिहिबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एकैसाथ तीनवटा शाखा स्थापना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले रुपन्देही जिल्लाका तिलोत्तमा नगरपालिकाको मंगलापुर, सैनामैना नगरपालिकाको रामापुर कलौनी र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर ४ नं. मा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयहरुको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले उद्घाटन गरेका हुन् । सोही अवसरमा मंगलापुर शाखा कार्यालयको प्रांगणमा रहेको एटिएमको समेत उद्घाटन गरिएको छ ।

उक्त अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख वाशुदेव घिमिरे, पूर्व सांसद तथा वरिष्ठ सामाजिक व्यक्तित्व बाबुराम राना तथा नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयका प्रमुख अशोक पौडेलले शुभकामना व्यक्त गरेका थिए ।