काठमाडौं, १९ फागुन । सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित एसएबी पब्लिक स्कूल घट्टेकुलोले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक दिवसको आयोजना गरेको छ ।
मोडल एवम् अभिनेत्री केकी अधिकारी कार्यक्रममा सहभागी भएकी थिइन् । नेपाली लोकगीत गायन तथा नृत्य प्रतियोगितामा कार्यक्रम निर्देशक पे्रम वली, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यार्थी, अतिथि तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल तथा सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले नेपालीहरु संस्कृतिमा निकै धनी रहेको र यसको संरक्षण नगरे विदेशी संस्कृतिले प्रश्रयपाई आफ्नो मौलिक संस्कृति लोप हुने संभावनातर्फ युवा पुस्तालाई सजग तथा सतर्क पार्न एसएबी सांस्कृतिक दिवसको स्थापना गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भोजबहादुर शाहले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले भरिएको हुँदा एसएबी. पब्लिक स्कूलले सदैव राष्ट्रियतालाई प्राथमिकता दिने भएकोले नेपाली संस्कृतिलाई जीवन्त राख्न यस्तो कार्यक्रम गर्नुपरेको बताए ।
अभिनेत्री अधिकारीले विद्यार्थीहरुले संसारमा देश र राष्ट्रको पहिचान भनेको नै आफनो कला र संस्कृति भएकोले पढाईको साथसाथै सांस्कृतिक जर्गेना गर्ने तर्फ युवा पुस्तालाई लाग्नुपर्नेमा जोड दिइन् ।
सो प्रतियोगितामा लोकगीत गायन तर्फ स्वरुप सिग्देल प्रथम, द्वितीय तिलास्मी थपलिया तथा उषा भूषालले तृतीय स्थान तथा सम्झना भट्टराई र मन्जुश्री नेपालीले सान्तवना भएका थिए भने खुल्ला नृत्य प्रतियोगिता तर्फ गृश्मा हुमागांई, प्रशिद्दि पराजुली र चर्चित थामा क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान तथा अनुष्का भट्टराई र उषा भूषालले सान्तवना स्थान प्राप्त गर्न सफल भएका थिए ।
विभिन्न जातजाति र भाषाभाषीहरुको मैत्रीपूर्ण सद्भाव र समन्वयबाट नेपालीहरुको शिर उच्च रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु विभिन्न खाले जातीय पोशाकमा सजिएका थिए ।
कार्यक्रममा संगीतकार डेनी निरौला र कुन्ती सिमालीले संस्कृति बिर्संदै गएको वर्तमान अवस्थामा लोकगीत गायन तथा नृत्य प्रतियोगिता गराएकोमा एसएबी पब्लिक स्कूललाई धन्यबाद दिएका थिए ।












प्रतिक्रिया