
काठमाडौं, १८ फागुन । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता आनन्द पोखरेलले मृगौला पीडित कृष्णबहादुर शाहीको निःशुल्क उपचारको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको पहलमा मृगौला पीडित धादिङ त्रिपूरासुन्दरी गाउपालिका वडा नं. ६ स्थायी घर भएका ३२ वर्षीय शाहीको उपचारको लागि सहयोग रकम संकलन गर्ने अभियानमा पोखरेले यस्तो बताएका हुन् ।
उनले भने,‘कृष्णजीको उपचार हुन्छ, तपाईले गाउपालिकादेखि सरकारी अस्पतालसम्मका सबै प्रक्रिया मिलाएर आउनुहोस् म तपाईको लागि सरकारसँग कुरा गर्छु उपचार हुन्छ, ढुक्क हुनुहोस् ।’
क्लबका अध्यक्ष ऋषि धमलाको पहलमा मृगौला रोगी शाहीको उपचारका लागि विभिन्न व्यक्तिबाट शुक्रबार मात्रै १ लाख २५ हजार रुपैयाँ घोषणा गरिएको छ । बौद्ध धर्मगुरु साईफल तेन्जीङ रिम्पोछेले १ लाख, मेघ आलेले २० हजार र निराजन डाँगीले ५ हजार आर्थिक सहयोग घोषणा गरेका हुन । त्यस्तै नायक निखिल उप्रेतीले नगद १८ सय रुपैयाँ प्रदान गरेका छन् ।
मृगौला पीडित कृष्ण शाहीले सबैसँग सहयोग लागि अपिल गरेका छन् । निदान अस्पताल पुलचोक ललितपुामा डाईलासिस गरिरहेका शाहीले भने, ‘म मृगौला रोगबाट ग्रसित भएको तीन वर्ष पूरा भएको तपाईलाई जानकारी गराउँदछु ।’












प्रतिक्रिया