
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास तिब्र गतिमा अघि बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग बिहीबार बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अबको स्थिर सरकारले विकासको बाटो लिएको बताउनुभएको हो ।
देश विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न पनि तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । तिब्रगतिमा अघि नबढ्ने हो भने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
सरकार कानुनी राज, स्वच्छता, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले देशको आवश्यकता अनुसार उपभोग्य वस्तुको उत्पादन बढाउन व्यावसायीहरुलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री ओलीले उपभोगका नाममा अनावश्यक वस्तुहरुको खरिदविक्री गरेर फजुल खर्च नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।















प्रतिक्रिया