
पोखरा, १७ फागुन । पोखरामा होली खेल्ने क्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मीको मृत्यु भएको छ ।
उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । होली खेल्ने क्रममा आफ्नै घरको दुई तला माथिबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो ।












प्रतिक्रिया