५ कार्तिक २०८३, बिहिबार

शेयर सदस्यका परिवारलाई राहत रकम प्रदान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १६ फागुन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य युक्तप्रसाद सुवेदीका पिता तथा शेयर सदस्य जानकी सुवेदीका ससुरा एकनाथ उपाध्यायको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

स्वर्गीय उपाध्यायका छोरा र बुहारी सदस्य रहेकाले दुई जनाको ५ हजारका दरले १० हजार मृत्यु राहत रकम प्रदान गरिएको हो । शरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाले जनाएको छ ।

संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संस्थाका सल्लाहकार तथा सांसद मनकुमारी केसी र संस्थका उपाध्यक्ष अञ्जु जिसीले स्वर्गीय आचार्यका परिवारका सदस्यलाई राहत रकम तथा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिन् ।

सांसद मनकुमारी केसीले स्वर्गीय उपाध्यायको निधनले संस्था परिवारलाई स्तब्ध तुल्याएको भन्दै उनले जीवनकालमा गरेका राम्रा कामको अनुशरण गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने धारणा राखिन् ।