पोखरा, १६ फागुन । सामाजिक जागरणका लागि नारी अभियानले महिलाहरुका लागि ट्राफिक सचेतनासंगै गाडी सिकाउने अभियान सुरु गरेको छ ।
पोखरामा संचालन हुन लागेको मानव सेवा आश्रमको परिचयात्मक कार्यक्रमसंगै मंगलवारदेखि गाडी सिकाउने अभियानको सुरुवात गरिएको हो ।
प्रदेश नं ४ का उपसभामुख सृजना शर्माले मानव सेवा नै सवै मानिसको कर्तव्य भएको भन्दै सेवामा जस्तो आनन्द अरु कार्यमा नहुने बताइन् ।
उनले मानव सेवा आश्रमले गरेको सेवा र सामाजिक जागरणले समाज र महिलाहरुका लागि गरेका गतिविधीहरुका वारेमा प्रशंसा गरिन् । आफूले समाज, देश र हरेक नागरिकका हितमा काम गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।
उपसभामुख शर्मालाई सामाजिक जागरणका तर्फवाट दोसल्ला, माला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कास्कीवाट निर्वाचित प्रदेशसभा सदस्य प्रभा कोइराला, गायत्री गुरुङ र मीना गुरुङलाई संस्थाका अध्यक्ष सुष्मा पौडेलले सम्मान गरिन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले टोलटोलमा ट्राफिक सचेतना जगाउनुपर्ने आवश्यकता औल्याए ।












प्रतिक्रिया