१४ कार्तिक २०८३, शनिबार

को कतिपटक मन्त्री ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन ।

पोखरेललाई पाचौँ अवसर

गिरिराजमणि पोखरेल पाचौँपटक मन्त्री बन्दै छन् । ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य, ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल ०७२ मा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । तीनपटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्रालय हाँकेका उनी पुनः शिक्षामन्त्री बन्न चाहिरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पुन र बस्नेत ह्याट्रिक हान्दै

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ०६७ मा दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका वर्षमान पुन ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बने । त्यसयता पाँच वर्षसम्म उनी सत्ताबाहिर छन् । गृह नपाएपछि अहिले उनी ऊर्जा मन्त्रालय ताकिरहेका छन् ।

शक्तिबहादुर बस्नेत पनि दुईपटक मन्त्री बनिसकेका छन् । ०६७ मा खनाल नेतृत्वको सरकारमा स्वास्थ्य र ०७२ मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।

शर्माको चौथो इनिङ

०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण, ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जा र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका जनार्दन शर्मा चौथोपटक मन्त्री बन्दै छन् । गृह नपाएपछि उनको पनि ऊर्जामै दाउ छ ।