२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ फागुन । जिल्लाको गुर्भाकोट नगरपालिका–२ मालारानीस्थित देउती डाँडामा मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिकाको गैरी बजारबाट सरिया बोकेर बोटेचौरतर्फ आउँदै गरेको भे १ त ६१८६ नं. को ट्रयाक्टर दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका फत्तेबहादुर विक, नारायण खत्री र शशीराम विकको मृत्यु भएको प्रहरी चौकी मेहलकुनाका प्रहरी नायब निरीक्षक प्रेम बोहोराले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही नगरपालिका–८ का टेकबहादुर धौलाकोटी र ३२ वर्षीय अम्मर विक घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी भार भएका कारण उक्त दुर्घटना भएको अनुमान गरिएको छ । –रासस