
भक्तपुर, १५ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताए ।
नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अव आयत हुने सामानको ल्याव परीक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दावी छ । उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताए । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अव त्यस्ता सवारी साधन परीक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने बताए ।
त्यस्तै वातावरणको ख्याल नगरि कानुन मिच्दै निश्चित व्यक्तिले फाईदा लिइरहेको ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको बताए । बिश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौलाई अवको एक बर्षमा माक्समाण्डुबाट काठमाडौ बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यकाभित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत बताए ।
वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनले बताए । अर्काे फरक प्रसंगमा उनले थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताए । सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संविधान संसोधन नभएपनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने मन्त्री पण्डितको भनाइ थियो।















प्रतिक्रिया