काठमाडौँ, २५ मंसिर । नेपाल तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेको बिहीबार उपचारका क्रममा दिल्लीमा निधन भएको छ । उहाँ सन् १९८४ देखि तयारी पोसाक व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँ नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत संघतर्फबाट महासंघको उपाध्यक्ष समेत उठ्नु भएको थियो ।
उहाँ चुनावी प्रचारमा जुट्न नसकेपछि वस्तूगत तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी हुनुभएको थियो । पाण्डे महासंघ कार्यकारिणी समितिमा भने निर्वाचित हुनुभएको थियो ।
उहाँ लामो समयदेखि टाउकोको क्यान्सरका विरामी हुनुहुन्थ्यो । उहाँको पहिलो चरणको सफल अप्रेसन सफल भएको थियो ।
स्वर्गीय पाण्डेका श्रीमती, एक छोरो र एक छोरी छन्। उहाँको शव बिहीबार नै नेपाल ल्याएकाले आजै उहाँको अन्तिम संस्कार पसुपतिमा गरिने परिवारले जानकारी दिएको छ ।















प्रतिक्रिया