२२ कार्तिक २०८३, आइतबार

दुर्घटनामा २ को मृत्यु, ३ जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागनु । धादिङको थाक्रे गाँउपालिका १ धारापानी खोल्सामा गएराति साढे ११ बजे बा १ ख ९८४२ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चालक, धादिङ थाक्रे १ का बल बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै ट्रकमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका टिकाराम तामाङ, राजेश तामाङ र कमल तामाङलाई उद्धार गरि उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । घाइते मध्ये टिकारामको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको मिथिला नगरपालिका ९ शिव मन्दिर नजिकै हिजो साँझ ना ५ ख २०२१ नम्बरको बसको ठक्करबाट पैदलयात्री, महोत्तरी गौशाला नगररपालिका १० का ४२ वर्षिय लोक बहादुर बस्नेतको मृत्यु भएको छ ।

गम्भिर घाइते बस्नेतको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस सहित चालकलाई प्रहरी चौकी लालगढले नियन्त्रणमा लिएको छ ।