विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
प्रधानमन्त्रीले उहाँ(खतिवडा)लाई अर्थमन्त्रीमा छनोट गर्नुको प्रमुख कारण विषयविज्ञता नै हो । अहिले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले देशको अर्थतन्त्रमा विशृंखलता सिर्जना गरेको छ । अर्थतन्त्रमा अनुशासनहीनता बढेको छ । यस परिप्रेक्ष्यमा अर्थव्यवस्थाका धेरै विषयलाई सरकारले व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।
वर्तमान सरकारको प्रमुख एजेन्डा भनेकै तीव्र आर्थिक वृद्धि र विकास भएकाले टेक्निकल विषयसमेत जोडिएको अर्थ मन्त्रालयमा टेक्नोक्र्याट विषयविज्ञलाई नै प्रधानमन्त्रीज्यूले रोज्नुभएको हो ।













प्रतिक्रिया