
विराटनगर, १४ फागनु । प्रदेशसभा सञ्चालन नियमावलीलगायतका काम अघि बढ्न नसकिरहेका बेला प्रदेश १ को संसद् बैठक सोमबार बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन र कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने रहेको छ ।
बैठकका दुई कार्यसूची रहे पनि सांसद्हरुले समय लिएर मन्तव्य राख्न आज सक्ने छैनन् । अन्तरिम कार्यविविधमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने उल्लेख छ । संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सक्नेछन् ।
यसैबीच, प्रदेशसभा सरकारले लय पक्रिन नसक्दा संसदले आवश्यक बिजनेस पाएको छैन ।
यसअघि ६ नम्बर प्रदेशमा प्रदेशको नामांकरण कर्णाली राख्ने र राजधानी सुर्खेतलाई तोक्ने काम संसदले पारित गरिसकेको छ ।















प्रतिक्रिया