काठमाडौँ, १३ फागुन । गण्डकी विकास बैंक लिमिटेडले अनलाईनमार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागु गरेको छ ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणालीमार्फत शेयर आवेदन गराउनु पर्ने व्यवस्था गरेसँगै बैंकले यस सेवाको प्रारम्भ गरेको हो ।
यो व्यवस्था लागु गरेपछि सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्ने कार्य अझ व्यवस्थित, छिटो छरितो एवम् झण्झट रहित हुने बताइएको छ । यसबाट सेवाग्राहीहरुलाई सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सहज हुनेछ ।
सि आस्वा सेवा प्राप्त गर्नको लागि बैंकको कुनै पनि शाखा कार्यालहरुमा गई सि आस्वा रजिष्ट्रेसन फारम भरी सि आस्वा रजिष्ट्रेसन नम्बर प्राप्त गर्न सकिनेछ । सि आस्वा रजिष्ट्रेसन नम्बर प्राप्त भएपश्चात लगानीकर्ताहरुले कुनै पनि स्थानमा रहेर कुनै पनि समयमा धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्न सक्ने बैंकले जनाएको छ ।
अनलाइनमा लगानी गर्न असमर्थ हुने लगानीकर्ताहरुले बैंकको कुनै पनि शाखा कार्यालयहरुमा गई सि आस्वा फाराम भरी आवेदन गरिने बरावरको रकम बैंकमा रहेको ग्राहकको खातामा नै रोक्का गराई बैंकमार्फत अनलाइन आवेदन गराउन सकिनेछ ।
आगामी दिनमा जारी हुने सार्वजनिक निष्कासनमा आवेदन गर्दा अनिवार्य रुपमा सि आस्वामार्फत गर्नु पर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन भएकाले सेवाग्राहीले आफ्नो नजिकको बैंकको शाखा कार्यालयबाट अनिवार्य रुपमा सि आस्वा रजिष्ट्रेसन नम्बर लिन पनि बैंकले आग्रह गरेको छ ।















प्रतिक्रिया