५ कार्तिक २०८३, बिहिबार

एनआईसी एसिया क्यापिटल र ईमर्जिङ्ग नेपालबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बिच ५ लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक– निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्नेछ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।