३ कार्तिक २०८३, मंगलबार

उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्न तयार !

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री हुने भएका छन् ।  प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यादवलाई परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने गृहकार्य गरिरहेका छन् । यादव मन्त्री परराष्ट्रमन्त्री खान एमाले नेतृत्वको सरकारमा जान सकारात्मक भएको स्रोतको दाबी छ ।

गएको शुक्रबार काठमाडौँमा भएको एउटा सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष दाहालले उपेन्द्रलाई सरकारमा सहभागी गराएर दुई तिहाई पुर्‍याउने बताएका थिए । उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको खुलासा गरेका थिए ।

गएको माघ १४ गते काठमाडौँमा भएको एउटा कार्यक्रममा यादवले वाम गठबन्धन संविधान संशोधनमा तयार भए सरकारमा जाने बताएका थिए । अहिले वाम गठबन्धन संविधान संशोधन गर्न तयार भए/नभएकोबारे स्रोतले केही खुलाएको छैन ।

यादव पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए । नेकपा एमालेबाट केहि समय राजनीति गरेका यादव पछि तत्कालीन नेकपा माओवादीको सम्पर्कमा पुगेका थिए । तर, मधेश र मधेशी समुदायका बारेमा काम गर्नेगरी गैर सरकारी संस्थाका रुपमा मधेसी जनअधिकार फोरम गठन गरेका थिए ।

मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न सफल भएपछि सोही संस्थालाई राजनीतिक स्वरुप दिइएको हो । मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीबीच एकिकरण भएपछि यादवकै अध्यक्षतामा संघीय समाजवादी फोरम गठन भएको हो । २०३२ सालमा पार्टी राजनीतिमा लागेका उनी २०३२ सालदेखि २०३५ सालसम्म भूमिगत रहेका यादव भएका थिए । २०४० र २०४२ सालदेखि २०४४ सालसम्म निर्वासनमा बसेका यादव २०६४ सालको संविधानसभा चुनावमा सुनसरी क्षेत्र नम्बर ५ र मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । गएको मंसीरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी–२, बाट माओवादीका उमेश शुमार यादवलाई पारजित गर्दै निर्वाचत भएका हुन् ।

पछिल्लो पटक यादव ओली–दाहालसँगको छलफलमा व्यस्त छन् । गएको ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी एकता संयोजन समितिको महत्वपूर्ण बैठकमा यादव ‘सुटुक्क’ प्रवेश गरेका थिए । आइतबार राती पनि नेताहरुबीच ‘गम्भीर’ छलफल हुने बताइएको छ । पूर्व वामपन्थी नेता तथा हालका फोरम अध्यक्ष यादव वामपन्थी नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बन्न आजै रातिको छलफलमार्फत तयार भएमा आश्चर्य नमाने हुन्छ !