धुलिखेल, १३ फागुन । टिपरको ठक्करबाट काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा आइतबार एक विद्यार्थीको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जाने भित्री सडकखण्डअन्तर्गत नाला–भक्तपुरको नालामा बा ४ ख ६६०३ नंको टिपरले बनेपा आउँदै गरेको बा १५ प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का १४ वर्षीय अमीर पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रबन्धक प्रताव वैद्याले जानकारी दिनुभयो । –रासस












प्रतिक्रिया