२२ कार्तिक २०८३, आइतबार

वडाध्यक्ष ढुंगानाको निधन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, १३ फागुन । एक्कासी बेहोस भएर अस्पताल लगिएका संखुवासभा खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ । मुटु र उच्च रक्तचापका बिरामी रहेका ढुंगानाको आइतबार निधन भएको हो ।

बिहान एक्कासी ढलेपछि उपचारको जिल्ला अस्पताल खाँदबारी ल्याइएका ढुंगानालाई चिकित्सकले मृत घोषणा गरेका थिए । ६५ वर्षीय ढुंगाना एमालेबाट बिजयी भएका वडाध्यक्ष हुन् ।