२२ कार्तिक २०८३, आइतबार

लागू औषध कारोबारी पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । प्रहरीले काठमाडौँको सुन्धाराबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शनिबार सुन्धारा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट खटिएको प्रहरीले सुनसरी वक्लौरी–६, घर भई हाल रामधुी नगरपालिका–६ बस्ने ३७ वर्षका प्रेमबहादुर राईलाई पक्राउ गरेको हो ।

उनको साथबाट अवैध लागू औषध डाइजापाम–६८ थान, नूफिन–६४ थानर फेनारगन–६५ थान समेत जम्मा १९७ थान लागू औषध बरामद गरेको छ । राइलाई लागू औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार थप कानुनी कारवाहीको आइतबार महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको प्रहरी नायव निरीक्षक गणेश वोगटीले जानकारी दिए ।