२२ कार्तिक २०८३, आइतबार

तनहुँमा उज्यालो घिरिङ कार्यक्रम सञ्चालन हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– प्रकाशचन्द्र भट्टराई

तनहुँ, १३ फागुन । तनहुँको घिरिङ गाउँपालिकाले अन्धकारमा रहेका गाउँपालिका २५ सय घर धुरीमा उज्यालो ल्याउन उज्यालो घिरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोश्रो गाउँ सभाले उज्यालो घिरिङ कार्यक्रमको लागि २ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

कुल ४ हजार १९ घर धुरी रहेको घिरिङ गाउँपालिकाका करिब २५ सय घरधुरीका जनता अझै पनि अन्धकारमा नै बस्न बाध्य भएका छन् । गाउँ सभाले अझै पनि अन्धकारमा रहन बाध्य भएका वडा नम्बर १, २ र ४ का बासिन्दालाई बिजुलीको पहुँचमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम त्रिपाठीले जानकारी दिए ।

यस अघि ६ महिना अघि सम्पन्न पहिलो गाउँ सभाले पनि विद्युतीकरणको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले सबै घर धुरीमा बिजुली पु-याउन सम्भव नभएपछि उज्यालो घिरिङ कार्यक्रम सञ्चालन गरि बजेट बृद्धि गरिएको त्रिपाठीले बताए ।

उक्त रकमबाट विजुलीको पोल, तार, मिटर वक्स र अन्य विद्युतीय सामाग्रीहरु खरिद गरिने छ । ट्रान्सफर्मर भने नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराउने भएको छ । उज्यालो घिरिङ कार्यक्रम पछि गाउँपालिकाका सबै घर धुरीमा बिजुली पुग्ने अपेक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत त्रिपाठीले बताए ।

गाउँसभाले अघिल्लो गाउँसभाबाट विनियोजित तथा खर्च नभएको मध्येबाट ६ करोड ५० लाख रुपैयाँ मध्येबाट २ करोड १० लाख रुपैयाँ उज्यालो घिरिङ कार्यक्रमको लागि, ४० लाख रुपैयाँ राष्ट्रिय गौरबको शालिग्राम करिडोरको ट्रयाक खोल्नको लागि र बाँकी रकम शिक्षा, सडक, स्वास्थ्य, कृषी लगायतको क्षेत्रमा खर्च गरिने योजना बनाईएको त्रिपाठीले बताए ।