२२ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १२ फागुन । पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौंँतर्फ जाँदै गरेको ना ६ ख ९०७६ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा ८५ प ६२७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकाका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

त्यस्तै बेनीघाट रोराङ गाउँपालिका–५, बाँदरेमोडमा चितवनबाट काठमाडौँ जाँदै गरेको लु१ख ९६१७ नंको ट्रकले बा ८०प ९९५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बालविकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाइते भएका छन् । घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस