२२ कार्तिक २०८३, आइतबार

एमाले बाराद्वारा ७ बुँदे सहमतिको स्वागत

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १२ फागुन । नेकपा एमाले बारा प्रदेश सभा क्षेत्र नम्बर ४ (क) को बैठक शनिबार सिमरामा सम्पन्न भएको छ । बैठकले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रति खुसी ब्यक्त गदै एमाले र माओवादी केन्द्रबीच भएको ७ बुँदे सहमतिको स्वागत गरेको छ ।

बैठकले स्थानिय कमिटीहरुलाई बैठक बसि निर्वाचनको समीक्षाको प्रतिवेदन पठाउन र संगठित सदस्यता नविकरणको कामलाई तिब्रता दिन निर्देशन दिएको छ ।

प्रदेश क्षेत्रीय कमिटी संयोजक कमलेश झाको अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका केन्द्रीय सदस्य दिनेश राई, जिल्ला कमिटी अध्यक्ष सुन्दर बिक, जिल्ला कमिटी उपाध्यक्ष देबनारायण चौधरी, जिल्ला प्रचार बिभाग प्रमुख एवम् बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल, सह संयोजक अमर यादब, जिल्ला सचिवालय सदस्य विद्या थापालगायतको सहभागिता रहेको थियो ।