
भक्तपुुर, ११ फागुन । भक्तपुरको सूर्य्विनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ ।
महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान गरिने सबै सरकारी सेवा उपलब्ध गराएर सामुदायिक भवन निर्माण गरिने उक्त नगरपालिकाको उक्त क्षेत्रका वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए ।
रु ६० लाखको लागतमा निर्माण गरिने उक्त भवनका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायत स्थानीयवासीले सहयोग गर्नुभएको र नपुग रकम नगरपालिका र वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष केसीले जानकारी दिए ।
पण्डित रामचन्द्र ढुंगानाले कथा वाचन गर्नुभएको महायज्ञ शुक्रबार समापन हुँदैछ । -रासस












प्रतिक्रिया