काठमाण्डौँ, १० फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रीत गरि सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको छ ।
शुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनुपर्ने व्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो । यस व्यवस्थापश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिदका लागि आवेदन दिन सक्छन् ।
यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत अनुरोध गराएको छ । साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कञचनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया