५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको एघार लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

बिहीबार एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानि व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।