२२ कार्तिक २०८३, आइतबार

अमेरिकन विश्वविद्यालयमा नेपाली विद्यार्थीको शिक्षा राम्रो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-नरेश के.सी.
भैरहवा, फागुन ९ । अमेरिकन विश्वविद्यालयमा नेपाली विद्यार्थीको शिक्षा राम्रो भएको नेपालका लागि अमेरिकन राजदुताबासका प्रवक्ता एन्डीया डि आरमेन्टले जनाएकी छन् । पश्चिम क्षेत्रको भ्रमणमा आएकी आरमेन्टले भैरहवा स्थित अमेरिकन कर्नरमा पत्रकारसंग अन्तरक्रिया गर्दै अमेरिकामा १२ हजार भन्दा बढी नेपाली विद्यार्थिले पठनपाठन गरिरहेको बताइन् ।

पत्रकारहरुले अमेरिकन एम्बेसीमा कन्सुलरले अधिकांश नेपालीको भिसा विना कारण मुडको भरमा रिजेक्ट गर्ने गरेको सम्बन्धमा जिज्ञासा राख्दा उनले त्यसो नभई प्रायाप्त डकुमेन्टकोे आधारमा गर्ने गरेको बताइन् । विगत ७ महिना देखी नेपालमा रहदैं आएकी आरमेन्टले नेपाली पत्रकारहरुकोलागी विभिन्न कार्यक्रममा प्रदेश तहमा सहयोग गर्न एम्बेसी सधैं तयार समेत भएको बताइन । उनले नेपाली पत्रकारहरुको दक्षता वृद्धि र खोजमूलक पत्रकारीताकोलागी सहयोग गर्ने पनि जनाइन् ।

नेपाल आउनुभन्दा अगाडी क्युबा, इश्लामाबाद र भारतमा कुटनीतिकको अनुभुव गरेकी आरमेन्टले अमेरिकन सरकारले नेपाललाई सधैं प्राथमिकतामा राखेर व्यवहार गरिरहेको समेत जनाइ्न । नेपाली भाषामा राम्रो बोलचाल गर्न सक्ने उनले रुपन्देहीको आर्थिक क्षेत्र, पर्यटन र संस्कृतिले आफुलाई प्रभावित गरेको समेत बताइन् ।