३१ आश्विन २०८३, शनिबार

कोलकातामा नेपाल भवन बनाउन आह्वान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहेका छन् ।

त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन विभाग प्रमुखमा नारायणप्रसाद होमागाईं, आर्थिक व्यवस्थापन तथा भवन निर्माण विभागमा केशव अधिकारी, क्षेत्रीय सम्पर्क सम्बन्ध विभागमा नीलहरि दहाल र सहप्रमुखमा पूर्णबहादुर विष्ट,कानून तथा न्याय परामर्श विभागमा सुशील ढकाल, कला तथा संस्कृतिमा जनार्दन ढकाल र सहप्रमुख हर्क गुरुङ र सुकदेव प्रधान, महिला तथा बालबालिका विभागमा बविता होमगाईं युवा तथा खेलकुद विभागमा खिलाप्रसाद नेपाल, सामाजिक सेवा विभागमा रामप्रसाद उपाध्याय, स्वास्थ्य सेवाविभागमा धनन्जय बजगाईं तथा कार्यकारिणी सदस्यमा भीमबहादुर श्रेष्ठ, लालकृष्ण होमगाईं, डण्डबहादुर जैसी, सुरज लामा, रामबहादुर कार्की र नैनसिंह थापा रहेका छन् ।

सभामा संयुक्त नेपाली वेलफेयर ट्रष्टका संयोजक खिमराज बरालले कोलकातामा नेपाल भवन निर्माणका लागि नेपाल सरकारबाट प्राप्त रु ६ लाख र अपुग रकम चन्दा संकलन गरी कोलकाताको नतुनहाट, विवेकानन्द पार्क रोडमा करीव ११ कट्ठा जमीन ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’को नाममा पारित गरिएको र भवन निर्माणमा रु १७ करोड लाग्ने जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले नेपाल भवन निर्माणमा आफ्नातर्फबाट सहयोग गर्न पहल गरिने बताए । नेपाली महावाज्यिदूत एकनारायण अर्यालज्यू कोलकातामा विभिन्नसंघसंस्थाले गर्ने गरेको भाषा, साहित्य, प्रकाशन सम्बन्धी कार्यक्रममा सहयो गरिने प्रतिबद्धता व्यक्त गरे । संयुक्त नेपाली केन्द्रीय सेवा संघका सभापति नरविक्रम थापाले भवन निर्माण सफल पार्न सबैलाई सहयोगका लागि आह्वान गरे । -रासस