२९ आश्विन २०८३, बिहिबार

भारत उत्तर प्रदेशमा चिसोको कारण छ व्यक्तिको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २३ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबारदेखि मङ्गलबारसम्म चिसो मौसमका कारण  कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

चिसोको कारण ज्यान गुमाएका ती सबै व्यक्ति उत्तर प्रदेशको पूर्वी भागमा रहेका छन् ।  यसै हप्ताबाट सुरुदेखि चिसोले प्रभावित सो स्थानहरुमा कम तापक्रमको साथसाथै भारी कुहिरोले सताएको स्थानीय सञ्चारमाध्यम इन्डो एसियन समाचार सेवाले जनाएको छ ।

यद्यपि प्राप्त समाचारमा चिसोका कारण मृत्यु भएका ती व्यक्तिहरुको विस्तृत विवरण भने दिइएको छैन् ।

उत्तरी भारतीय राज्यमा जाडो मौसमको प्रवेशसँग कम तापक्रम र असामान्य मौसमी घटनाले सताउने गर्दछ । रासस/सिन्ह्वा